+
+

कोरोना महामारीका कारण समस्यामा परेकालाई लायन्स क्लबको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते २१:१५

३० भदौ, भक्तपुर । लायन्स क्बल अन्तर्राष्ट्रिय एटुले भक्तपुरको बालकोट क्षेत्रमा कोभिड–१९ को महामारीका कारण समस्यामा परेका ७० विपन्न परिवारलाई राहत वितरण गरेको छ । राहतमा चामल, दाल, नुन, चिनी, खानेतेल, न्यूट्रेला र हात धुने साबुनलगायतका सामग्री रहेको छ ।

राहत वितरण गर्दै लायन्स  क्लब अन्तर्राष्ट्रिय एटुकी डिस्ट्रिक गभर्नर डा. सुशीला मल्लले खान नपाएर कोही मर्नु नपरोस् र कसैको चुलो नबल्ने स्थिति नबनोस् भनेर सहयोग गरेको बताइन् ।

कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले महामारीको समयमा समस्यामा परेकाहरुका लागि यो ठूलो सहयोग नभए पनि आगामी दिनमा यस्ता सहयोग कार्यक्रम निरन्तर रहने बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय एटुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि विभिन्‍न कार्यक्रम गर्दै आएको छ । अब  ‘फुड बैंक’ को स्थापना गरी करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराउने क्लबको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?