+
+

संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १३:५३

१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा  बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको एक चौथाइ सदस्यले संसद अधिवेशन बोलाउन वाञ्छनीय छ भनी लिखित अनुरोध गरेमा राष्ट्रपतिले संसदको अधिवेशन, बैठक बस्ने मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?