९ पुस, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई पराजित गर्दै लिग लिडर एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।
कासेमिरो र करिम बेन्जामाले दोस्रो हाफमा गरेको गोल मद्दतमा रियलले ग्रानडालाई २-० ले पराजित गरेको हो ।
५७औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्जामाले इन्जुरी टाइममा गोल थप्दै रियलको जित पक्का गरे ।
जितपछि रियलले एट्लेटिको समान ३२ अंक जोडेको छ तर एट्लेटिकोभन्दा रियलले २ खेल बढी खेलेको छ । एट्लेटिकोले १३ र रियलले १५ खेल खेलेको छ ।
प्रतिक्रिया 4