+
+

केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १६:२९

२० पुस, चितवन । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन् । चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।

‘आज केपी ओली नैतिक रुपमा बोल्ने सामर्थ्य नराखेको कारणले कमेडियनका हिसाबले प्रस्तुत हुनुभएको छ’, उनले भनिन् । कम्युनिस्ट पार्टीमा विधि, विचार, नैतिकता हुँदा मात्रै बोल्ने सामर्थ्य हुने बताउँदै झाँक्रीले सोधिन्, ‘यतिखेर दुई दुई घण्टा लामो कमेडी देखिरहनुभएको छैन ?’
कमेडियनलाई अध्यक्ष बनाएको दोष आफूले पनि लिनुपर्ने अवस्था आएको उनले बताइन् ।

‘एउटा सामान्य नागरिकले फेसबुकमा लेखेका छन्– मेरो छोराछोरी, सन्तान दरसन्तानले अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहासमा पढ्न नपरोस् भनेर उनका भनाइहरु इन्टरनेटका डाटाहरुबाट डिलिट गरौं भनेर’, झाँक्रीले भनिन् ।

ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि उनले सम्झिइन् । तर, अब कित्ता प्रष्ट पार्ने समय आएको बताइन् । ‘अहिले नेकपा दुई कित्तामा ध्रुवीकृत भएको छ । एउटा, २०६२/०६३ सालको ऐतिहासिक उपलब्धीहरु खोस्ने प्रतिगामी तप्का । अर्को, उपलब्धीहरुको रक्षा गर्ने कित्ता’, उनले कित्ता प्रष्ट पार्न अदालत र निर्वाचन आयोग नकुर्न पनि आग्रह गरिन् ।

‘एउटा पंक्ति अदालत र निर्वाचन आयोगको नतिजा कुरिरहेको छ । तर, ठूलो भागतिर लाग्नु भनेको चरम अवसरवाद हो । त्यसकारण अवसरवादको विरुद्धमै उभिनुपर्छ ।’ उनले दुई घण्टा बोल्दा दश मिनेट पनि विचार, राजनीति र सिद्धान्तबारे बोल्न नसक्ने अयोग्यहरुबाट कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने पनि बताइन् ।

ओलीले अदालतलाई दिएको जवाफबारे उनले प्रश्न गरिन्, ‘राजनीतिक प्रश्नको छिनोफानो कहाँ हुन्छ ? दुई दिनका लागि फुलीबर्दी लगाएकाले गर्छन् कि सडकमा हुने लाखौं मान्छेले गर्छ ?

राजनीतिक प्रश्नको फैसला राजा ज्ञानेन्द्रले ग¥यो कि सडकबाट गरियो ? ६२/६३ सालमा । ४६ सालमा राजनीतिक प्रश्नको छिनोफानो नारायणहिटीबाट भयो कि सडकबाट भयो ?’

संविधानको चिरहरण गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई सडकमा ल्याउने चुनौती पनि दिइन्, ‘यो संविधानको चिरहरण गर्ने राष्ट्रपति कार्यालय राखिएको शितल निवासबाट केही पात्रहरुलाई घोक्रेठ्याक लगाएर सडकमा झार्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?