+

खुमलटार हारेपछि सातदोबाटो दुई खेलअघि नै ए डिभिजनमा बढुवा

२०७७ फागुन  २३ गते ७:३३ २०७७ फागुन २३ गते ७:३३
खुमलटार हारेपछि सातदोबाटो दुई खेलअघि नै ए डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित भएपछि सातदोबाटो युथ क्लब दुई खेल अगावै शहीद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्ने पक्का भएको छ । साथै उक्त नतिजापछि सातदोबाटो आफ्नो अन्तिम दुई खेल खेल्नुअघि नै ए डिभिजन लिगमा उक्लने पनि पक्का भएको छ ।

जारी लिग अन्तर्गत शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार एक गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा श्री भगवतीसँग २-१ ले पराजित भएको हो ।

सातदोबाटोलाई ए डिभिजनमा पुग्न दुईमध्ये एक खेल जित्नुपर्ने थियो । तर, खुमलटार पराजित भएपछि ए डिभिजन यात्रा सहज बनेको हो ।

९ खेलबाट सातदोबाटो २५ अंकसहित शीर्ष स्थानमा छ । १० खेल खेलेको खुमलटार २२ अंकसहित दोस्रोमा छ । सातदोबाटोले अब दुवै खेल हारे पनि खुमलटारले पछि पार्न सक्दैन । समान अंक भए पनि हेड टु हेडमा सातदोबाटो अघि रहनेछ।

ए डिभिजन लिग सातदोबाटो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय