
५ चैत, काठमाडौँ । संगीतकार तथा गायक भीम बिसीले ‘ऐना हेरी हेरी’ बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकार शिवराज योगीले लेखेका शब्दमा गायिका एलिना चौहान र बिसीले आवाज दिएका छन् । भीम बिसीकै संगीतमा तयार पारिएको गीतको म्युजिक भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् ।
अजय रेग्मीले छायाङ्कन गरेको गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् । गायिका एलिना र बिसी आफैले अभिनय गरेको गीतको भिडियोका लागि श्रृङ्गार सरोज बुढाथोकीले गरेका छन् भने पहिरन कुशुम श्रेष्ठको हो ।
सागरबाबु भट्टले सहायक निर्देशन गरेको गीत आज बीसीले आफ्नै आधिकारिक युट्युब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन् ।
बाध्यताले छुट्टिएर टाढा बस्न वाध्य प्रेमील जोडीको कथालाई गीतमा लेखिएको छ । मन भन्दा ठूलो धन छैन भन्ने भावमा लेखिएको गीतमाथि आफूहरुले न्याय गर्न सकेको विश्वास बिसीले व्यक्त गरे ।
यसअघि बिसीका ‘झम्क्या बुलाकी’, ‘टालाटुली बाटुली’, ‘एक कान दुई कान मैदान’, ‘निरमाया’, जस्ता दर्जनौ गीत लाखौं श्रोता–दर्शकले रुचाएका छन् ।
प्रतिक्रिया 4