६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । कीर्तिपुर मैदानमा हुने खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
खेल १:१५ बजे सुरु हुनेछ ।
नेपाली टिममा आज एक जना परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा कुशल मल्ललाई प्लेइङ सेटमा राखिएको छ ।
यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा नेपाल कशुल भुर्तेल, आसिफ शेख र शाहब आलमले टी-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
पहिलो खेलम नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । मलेसिया भने नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो।
प्रतिक्रिया 4