+
+

देवघाट पुलबाट खसेर एक कामदारको मृत्‍यु, ८ जना घाइते

रासस रासस
२०७८ वैशाख १२ गते १४:००

१२ वैशाख, चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना सामान्य र ६ जना मध्मम रहेका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेमा भारतको विहार घर भएका श्याम बाबु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आइतबार बिहान पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्वार गरिएको उनले जानकारी दिए ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । सो स्थानमा १४ जना मजदूरले काम गरिरहेका थिए । भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौँडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?