+
+

कोरोना संक्रमणबाट विराटनगरको नोबेल अस्पतालमा दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते २०:०१

२ जेठ, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको नोबेल मेडिकल कलेजमा एक दम्पतीको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ६९ वर्षीय पुरुष र ६४ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनीहरु पति पत्नी हुन् ।

भारतको मुम्बईमा बस्दै आएका उनीहरु पुख्र्यौली थलो ताप्लेजुङ घुम्न आएका थिए । चार महिना अघि जन्मथलो आएका उनीहरु नाका बन्द भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा रोकिएका थिए ।

पथरीमा बस्दा नै उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरियो ।

नोबेलमा श्रीमतीको गएराति १ बजे र श्रीमानको आइतबार बिहान ११ बजे मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएको १० घण्टामा श्रीमान्को मृत्यु भएको हो । मृतक दुवैमा दमको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

मृतक पुरुष भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । भारतीय सेनाबाट अवकाश पाइसकेपछि उनी परिवारसहित भारतको मुम्बईमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?