+
+

ट्यांकर चालकलाई खोपको व्यवस्था गर्न माग, खोप सुनिश्चित नगरेसम्म ढुवानी रोक्ने

रासस रासस
२०७८ जेठ ३० गते १३:१८
फाइल तस्वीर

३० जेठ, काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ ।

संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका छन् ।

संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत  बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको छ । यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?