
२८ असार, काठमाडौं । अनलाइन परीक्षाको उत्तरपुस्तिका तोकिएको समय अवधिभित्रै बुझाउन प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले सूचित गरेको छ ।
तोकिएको समय अवधिभन्दा बाहेकको उत्तरपुस्तिकालाई मान्यता नदिने परीक्षा व्यवस्थापन कार्यालयले जानकारी गराएको छ ।
अनलाइन परीक्षाको नाममा प्रश्नपत्र घरमा लगेर समाधान सारेर बुझाउने गरेको पाइएपछि तोकिएको समय अवधिभित्र प्रश्नपत्र उपलब्ध गराई तोकिएकै समय-तीन घन्टा)भित्र बुझाएको उत्तरपुस्तिकालाई मात्र मान्यता दिने सूचनामा उल्लेख गरिएको छ । अन्यथा भएमा पुनःपरीक्षा लिनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4