+
+

सर्लाहीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १८:००
प्रतीकात्मक तस्वीर

७ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर बिहीबार एकजना बालिकाको मृत्यु भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सा टोल घर भई सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलस्थित मामा घर आएकी तीन वर्षीया बालिका मेहनाज खातुनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा सकिला खातुनसँगै स्थानीय सोगारथ रायको पोखरीमा गएकी उनको डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?