
१७ साउन, सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए ।
‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’ इन्चार्ज कुमालले भने ।
कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवतीसहित तीनजना बेपत्ता भएका छन् । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
१० जना सवार रहेको डुंगा पल्टिँदा कर्णालीमा खसेका पाँच जनाको सकुशल उद्दा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएकाा छन् ।
घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया 4