+

एभरेष्ट प्रिमियर लिगका खेलाडीको तलब २० प्रतिशत बढ्ने

२०७८ साउन  ३१ गते १८:०१ २०७८ साउन ३१ गते १८:०१
एभरेष्ट प्रिमियर लिगका खेलाडीको तलब २० प्रतिशत बढ्ने

३१ साउन, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा नेपाली खेलाडीहरुको तलब २० प्रतिशत बढ्ने भएको छ । ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच खेलाडीको तलब वृद्धि गर्ने सहमति भएको ईपीएलले विज्ञप्तिमार्फत जनाएको छ ।

अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै तलब बढाउने निर्णय भएको हो ।

चितवन टाइगर्सका मालिक किशोर भट्टराईले कोभिड–१९ को महामारीका कारण खेलाडीहरुले खेल्न समेत नपाएको र पारिश्रमिक पाउन नसकेको भन्दै यो वर्ष २० प्रतिशत तलब बढाउन सर्वसम्मत रुपमा सबै सहमत भएको बताएका छन् ।

यस्तै ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले नेपाली क्रिकेटमा सबै स्टेकहोल्डरको विकास नै लिगको सामूहिक उद्देश्य रहेको भन्दै खेलाडीहरुको पारिश्रमिक बढाउन सहमत भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो राम्रो फड्को भएको बताए ।

ईपीएल खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय