+

पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

२०७८ भदौ  १९ गते २०:१० २०७८ भदौ १९ गते २०:१०
पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

१९ भदौ, काठमाडौं । टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् ।

एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेसालाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, व्यवस्थापक विष्टलाई ४० हजार र पारा तेक्वान्दो समितिलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।

कान्तो समिति, विभिन्न संघ संस्था, तेक्वान्दोका पूर्व खेलाडीलगायतले संयुक्त रुपमा पारा तेक्वान्दोकर्मीहरुलाई सम्मान गरेको बताइएको छ ।

पारा ओलम्पियन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय