+

क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा

२०८१ जेठ  १ गते १८:५७ २०८१ जेठ १ गते १८:५७
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा

१ जेठ, काठमाडौं । देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलुकद विकास सरकारको प्राथमिकतमा भएको उल्लेख गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ ।

काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारले जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।

त्यस्तै नीति तथा कार्यक्रम घोषणामा अन्तर्राष्ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेसमेत उल्लेख गरिएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि विद्यालयस्तरका विद्यार्थीलाई खेलकुद तालिम दिइने कार्यक्रममा समेटिएको छ ।

खेलकुद क्षेत्रमा महिला सहभागिता बढाइने, खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने विषयसमेत समेटिएको छ ।

नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना प्राथमिकतामा राखिने सरकारले जनाएको छ ।

त्यस्तै आगामी आर्थिक वर्ष दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने नीति तथा कार्यक्रममा घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने तथा आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

क्रिकेट रंगशाला नीति तथा कार्यक्रम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय