+

एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि

२०८३ कात्तिक  ५ गते १८:५० २०८३ कात्तिक ५ गते १८:५०

नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा एसियाली फुटबल महासंघको सम्मेलनमा सहभागी भएका छन् ।
  • नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।
  • जिल्ला अदालतले नेम्बाङ र महासचिव किरण राईका हकमा पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो, त्यसयता दुवै फरार छन् ।

५ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् ।

जापानमा बुधबार र बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी भएका हुन् ।

बंगलादेश फुटबल महासंघका उपाध्यक्ष नासेर शहरियार जहिदीले पनि नेम्बाङसहितको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङसहित महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत ललितपुरले २३ असोजमा पक्राउ परेका कोषाध्यक्ष जोशी १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । अध्यक्ष नेम्बाङ र महासचिव राईको हकमा भने पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । त्यसयता अध्यक्ष नेम्बाङ र महासचिव राई फरार छन् ।

एन्फा पंकजविक्रम नेम्वाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय