News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्।
- ३० वर्षीय फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १ हजार ५५४ रन बनाएका छन्।
- कर्णाली याक्सले यसअघि पाकिस्तानका हुसेन तलत तथा बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ।
काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्।
फरहानलाई तेस्रो सिजनका लागि अनुबन्ध गरिएको कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनको स्ट्राइक रेट १३९.४९ रहेको छ।
फरहानले समग्र टी–२० क्रिकेटमा १८६ खेल खेल्दै ५ हजार ७७५ रन बनाएका छन्। उनले यस प्रारूपमा नौ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्। उनको उच्चतम स्कोर अविजित १६२ रन हो।
घरेलु क्रिकेटमा समेत अनुभव बटुलेका फरहानले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन बनाएका छन्। लिस्ट ए क्रिकेटमा उनले ८१ खेलबाट ३ हजार १६५ रन जोडेका छन्।
कर्णाली याक्सले यसअघि पाकिस्तानकै हुसेन तलत तथा बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।
प्रतिक्रिया 4