News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजमा नवौं हुँदै फाइनल पुग्न असफल भएको छ।
- टीटूकेले ३५ अंक जोड्दै नवौं स्थान हासिल गर्यो, र इराकको फोके, ब्राजिलको अल्फा सेभेन, साउदी अरेबियाको अल उला र इन्डोनेसियाको अल्टर इगो फाइनलमा पुगे।
- नेपालकै अर्को टोली होरा ईस्पोर्ट्स समूह चरणमा शीर्ष ६ मा पर्न सफल हुँदै यसअघि नै फाइनलमा पुगिसकेको छ।
५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो।
समूह चरणमा शीर्ष ६ मा पर्न नसकेको टीटूके १६ टोलीमध्ये १४औं स्थानमा रहेपछि सर्भाइभल स्टेजमा पुगेको थियो। सर्भाइभल स्टेजबाट शीर्ष चार टोली मात्र फाइनलमा छनोट हुने प्रावधान थियो।
टीटूकेले सर्भाइभल स्टेजमा ३५ अंक जोड्दै नवौं स्थान हासिल गर्यो। सर्भाइभल स्टेजबाट इराकको फोके, ब्राजिलको अल्फा सेभेन, साउदी अरेबियाको अल उला र इन्डोनेसियाको अल्टर इगो फाइनलमा पुगेका छन् ।
नेपालकै अर्को टोली होरा ईस्पोर्ट्स भने समूह चरणमा शीर्ष ६ मा पर्दै यसअघि फाइनलमा पुगिसकेको छ। समूह ए बाट होरासँगै एसटूजी, बिजट्रन, इन्फ्लुएन्स रेज, ओल्ड नट र एके फाइनलमा सिधै पुगेका थिए ।
समूह बी बाट वुल्भ्स, भ्याम्पाएर, यूएलएफ, द मङ्गोल्ज, रेग्नम कार्या र बीयूएफ ईस्पोर्ट्स फाइनल पुगेका छन् ।
१६ टोली सम्मिलित फाइनल खेल शनिबार र आइतबार हुनेछ ।
प्रतिक्रिया 4