+

यी हुन् हालसम्म टी–२० विश्वकप उपाधि जित्ने टोली

२०८१ जेठ  १ गते १६:५९ २०८१ जेठ १ गते १६:५९
यी हुन् हालसम्म टी–२० विश्वकप उपाधि जित्ने टोली

१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक सन् २००७ मा टी–२० विश्वकप आयोजना गर्‍यो ।

टी–२० क्रिकेटको आगामनसँगै विश्वमै क्रिकेटको लोकप्रियता ह्वात्वै बढेको छ । एसोसिएट क्रिकेटमा टी–२० क्रिकेटले ठूलो प्रभाव पारेको छ । वेष्टइण्डिज र इंग्ल्यान्डले सर्वाधिक २–२ पटक विश्वकप उपाधि जितेका छन् ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा डेब्यू गरेको थियो । नेपालले २०२४ मा दोस्रो पटक विश्वकप खेल्दैछ । टी–२० विश्वकप दुई वर्षको अन्तरमा हुँदै आएको छ । तर २०१६ पछि भने एकै पटक सन् २०२१ मा विश्वकप आयोजना गरिएको थियो ।

च्याम्पियन्स ट्रफी २०१७ पछि आईसीसीले टी–२० विश्वकप चार वर्षमा गर्ने निर्णय लियो । तर २०२१ देखि टी–२० विश्वकप पुन दुई वर्षको अन्तरमा हुन थालेको छ । सन् २०२० मा हुनुपर्ने टी–२० विश्वकप कोरोना महामारीका कारण सन् २०२१ मा यूएई र ओमानमा भएको थियो ।

सन् २००७, २००९, २०१० र २०१२ को टी–२० विश्वकपमा १२ र २०१४, २०१६, २०२१ र २०२२ मा १६ टोली सहभागी थिए । २०२४ देखि विश्वकपमा २० टोली हुनेछन् ।

२०२४ को विश्वकप नवौं संस्करण हो । हालसम्म वेष्टइण्डिज, इंग्ल्यान्ड, पाकिस्तान, भारत, श्रीलंका र अष्ट्रेलियाले विश्वकप उपाधि जितेका छन् । टी–२० विश्वकप आयोजक, बिजेता र उपबिजेताहरु यस प्रकार छन् ।

सन् २००७ : दक्षिण अफ्रिका

विजेता : भारत १५७–५
उपविजेता : पाकिस्तान १९.४ ओभर १५२ रनमा अल आउट
जित अन्तर : भारत ५ रनले विजयी

२००९ : इंग्ल्याण्ड 

विजेता : पाकिस्तान १८.४ ओेभर १३९–२
उपविजेता : श्रीलंका १३८–६
जित अन्तर : पाकिस्तान ८ विकेटले विजयी

२०१० : वेष्टइण्डिज

विजेता : इंग्ल्यान्ड १७ ओभरमा १४८–३
उपविजेता : अष्ट्रेलिया १४७–६
जित अन्तर : इंग्लयाण्ड ७ विकेटले विजयी

२०१२ : श्रीलंका

विजेता : वेष्टइण्डिज १३७–६
उपविजेता : श्रीलंका १८.४ ओभरमा १०१ रनमा अल आउट
जित अन्तर : वेष्टइण्डिज ३६ रनले विजयी

२०१४ : बंगलादेश

विजेता : श्रीलंका १७.५ ओभरमा १३४–४
उपविजेता : भारत १३०–४
जित अन्तर : श्रीलंका ६ विकेटले विजयी

२०१६ : भारत

विजेता : वेष्टइण्डिज १९.४ ओभरमा १६१–६
उपविजेता : इंग्लयाण्ड १५५–९
जित अन्तर : वेष्टइण्डिज ४ विकेटले विजयी

२०२१ : यूएई र ओमान

विजेता : अष्ट्रेलिया १८.५ ओभरमा १७३–२
उपविजेता : न्युजिल्याण्ड १७२–४
जित अन्तर : अष्ट्रेलिया ८ विकेटले विजयी

२०२२ : अष्ट्रेलिया

विजेता : इंग्ल्याण्ड १९ ओभरमा १३८–५
उपविजेता : पाकिस्तान १३७–८
जित अन्तर : इंग्लयाण्ड ५ विकेटले विजयी

आईसीसी टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय