News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने भिसा पाएको छ।
- नेपाल क्रिकेट संघले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको छ।
- नेपाली टोली असोज ६ गते युएई प्रस्थान गर्नेछ।
५ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।
क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार) युएई प्रस्थान गर्नेछ।
शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन ।
यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।
प्रतिक्रिया 4