+

भिसा नआउँदा यूएई उड्न पाएन नेपाली क्रिकेट टोली

२०८२ असोज  ३ गते १९:२२ २०८२ असोज ३ गते १९:२२
भिसा नआउँदा यूएई उड्न पाएन नेपाली क्रिकेट टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भिसा नआउँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई प्रस्थान ढिला भएको छ ।
  • नेपाल र वेष्ट इन्डिजबीच सेप्टेम्बर २७ देखि ३० सम्म युएईको शारजहामा तीन खेलको टी२० आई सिरिज हुनेछ ।
  • नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले भिसाको प्रक्रिया भइरहेको र भिसा आएपछि टोली युएई जाने बताए ।

३ असोज, काठमाडौं । भिसा नआउँदा नेपाली राष्ट्रिय क्रिकेट टोली युएई जान ढिला हुने भएको छ ।

नेपाली क्रिकेट टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो । तर शुक्रबार बेलुकासम्म पनि नेपाली टोलीको भिसा नबउँदा नेापली टोली उड्न नपाएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए । खड्काले भिसाको प्रोसेस भइरहेको र आउने बित्तिकै युएई जाने बताए ।

जेनजीले गरेको प्रदर्शनका कारण नेपालको पछिल्लो घटनाक्रमपछि युएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएपछि अहिले त्यसको असर क्रिकेट टोलीलाई पनि परेको छ ।

नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग टी२०आई सिरिज खेल्न लागेको हो । नेपाल  र दुई पटकको टी२० विश्वकप विजेता टिम वेष्ट इन्डिजबीच यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको शारजहामा टी२० आई सिरिज हुने तय छ । सिरिजमा तीन खेल हुनेछ ।

क्यानले बिहीबार युएई जाने क्रिकेट टोलीलाई बिदाई गरेको थियो ।

नेपाल क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय