News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीबाट अलग भएका छन्।
- सन् २०२२ मा क्लबमा आबद्ध भएका रोहितले सम्झौता नवीकरण नगरेका हुन्।
- क्लबले रोहितलाई \'ह्वाइट टाइगर\' उपनाम दिँदै सबैभन्दा सिनियर विदेशी खेलाडी भएको उल्लेख गरेको छ।
१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीबाट अलग भएका छन् ।
सन् २०२२ मा क्लबमा आबद्ध भएका रोहितले अब सम्झौता नवीकरण नगर्ने भएका हुन् । क्लबले पनि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्लबलाई दिएको योगदानका लागि धन्यवाद दिएको छ ।
क्लबले रोहितलाई ‘ह्वाइट टाइगर’ भनेर उपनाम दिँदै उनी क्लबमा खेल्ने सबैभन्दा सिनियर विदेशी खेलाडी भएको जनाएको छ ।
पेर्सिक केडिरीमा आएनुअघि रोहित इन्डोनेसियाकै अर्को क्लब पर्सिजा जाकार्तामा थिए । रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए ।
त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका थिए ।
रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।
इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् । इन्डोनेसियमा उनका थुप्रै समर्थक छन् ।
प्रतिक्रिया 4