+

जापानी पूर्व फुटबलर ताडा ‘टिपटो स्पोर्टस हब’ उद्घाटनका लागि नेपालमा

२०८२ असोज  ४ गते १५:३५ २०८२ असोज ४ गते १५:३५
जापानी पूर्व फुटबलर ताडा ‘टिपटो स्पोर्टस हब’ उद्घाटनका लागि नेपालमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका पूर्व फुटबल खेलाडी ताकायुकी ताडा सोमबार टिपटो स्पोर्ट्स हबको उद्घाटनका लागि नेपाल आएका छन्।
  • ताडाले टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्य सम्झौता गर्नेछन् जसमा खेलाडी आदान-प्रदान र प्रशिक्षक शिक्षा कार्यक्रम समावेश छन्।
  • उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ।

४ असोज, काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताकायुकी ताडा ‘टिपटो स्पोर्ट्स हब’को उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए ।

साेही अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् ।

ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस क्लब सञ्चालन गरिरहेका छन् । गोलकिपर ताडाले जापानको यु-१५ देखि २३ सम्मको राष्ट्रिय टिमकाे प्रतिनिधत्व गरेका छन् । यसैगरी उनले जापानी टाेलीबाट ओलम्पिकमा पनि सहभािगता जनाइसकेका छन्र ।

उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । सम्झौतामा नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलाडी आदान-प्रदान कार्यक्रम, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान-प्रदान, एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमिका लागि खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसर लगायतका बुँदा समावेश हुनेछन् ।

उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा ग्रुरुट फुटबललाई बलियो बनाउने आपेक्षा राखेको छ ।

गत जनवरीमा टिपटो स्पोर्टस एकेडेमीले थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपको यु-१२ र १४ उमेर समूहमा सहभागिता जनाइ फेयर प्ले ट्रफी जितेको थियो ।

ताकायुकी ताडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय