News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले होफेनहेइमलाई ४-१ ले पराजित गर्दै जर्मन बुण्डेसलिगामा शतप्रतिशत जित यात्रा कायम राखेको छ।
- ह्यारी केनले पहिलो हाफको ४४औं, ४८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
- सर्ज जीनाब्रीले इन्जुरी टाइमको नवौँ मिनेटमा चौथो गोल गरेपछि बायर्न १२ अंकसहित शीर्ष स्थानमा छ।
५ असोज, काठमाडौं । ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई ४-१ ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।
होफेनहेइमको मैदानमा भएको खेलमा केनले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले ४८औं र ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरी ह्याट्रिक पूरा गरे ।
यस सिजन केनको यो दोस्रो ह्याट्रिक हो । यस्तै सर्ज जीनाब्रीले इन्जुरी टाइमको नवौँ मिनेटमा बायर्नका लागि चौथो गोल गरे ।
होपेनहेइमका लागि भ्लादिमीर काउफलले ८०औं मिनेटमा एक गोल फर्काए ।
लगातार चौथो जित निकालेको बायर्न १२ अंकसहित शीर्ष स्थानमा छ । यसिजन बुण्डेसलिगामा शतप्रिशत जित निकाल्ने बायर्न मात्र एक्लो टोली हो ।
प्रतिक्रिया 4