+

कलाम अली काठमाडौं किंग्स-११ को प्रशिक्षक नियुक्त

२०७८ भदौ  २० गते ८:३९ २०७८ भदौ २० गते ८:३९
कलाम अली काठमाडौं किंग्स-११ को प्रशिक्षक नियुक्त

२० भदौ, काठमाडौं । काठमाडौं किंग्स-११ ले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि कलाम अलीलाई प्रशिक्षक नियुक्त गरेको छ ।

काठमाडौंले शनिबार सामाजिक संजालमार्फत अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

चौंथो संस्करणको ईपीएल टी-२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

काठमाडौंले यस पटक प्रशिक्षक पदका लागि विश्वव्यापी रुपमा आवेदन खुल्ला गरेको थियो । त्यसमा एक सयभन्दा बढीको आवेदन आएको जनाएकोमा काठमाडौंले नेपालकै कलाम अलीलाई प्रशिक्षक चयन गरेको हो ।

अलीले यसअघि पनि घरेलु क्रिकेटमा विभिन्न टिम हेरिसकेका छन् । उनी महिला यू-१९ टिमको समेत प्रशिक्षक बनिसकेका छन् ।

यस पटक सन्दीप लामिछानेले काठमाडौंको कप्तानी गर्ने छन् । काठमाडौंले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई समेत अनुबन्ध गरिसकेको छ ।

कलाम अली काठमाडौं किंग्स ११
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय