१० माघ, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
घरेलु मैदानमा दुई गोलले पछि परेको रियलले अन्तिम ८ मिनेटभित्र दुई गोल फर्काउँदै खेल बराबरी गरेको हो ।
रियललाई हारबाट जोगाउन ८२औं मिनेटमा लुका मोड्रिच र इन्जुरी टाइममा एडर मिलिटाओले गोल गरे ।
त्यसअघि लुकास बोएले ४२औं र पेरे मिल्लाले ७६औं मिनेटमा गोल गरेपछि एल्चेले २-० को अग्रता बनाए पनि जोगाउन सकेन ।
खेलको ३३औं मिनेटमा रियलले पेनाल्टी पाएको थियो । तर करिम बेन्जेमाको प्रहार पोष्ट बाहिर गएको थियो ।
बराबरीपछि लिग लिडर रियलको २२ खेलबाट ५० अंक भएको छ । एल्चे २२ खेलबाट २३ अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया 4