+

डेम्बेले बार्सिलोनामै रहेको हेर्न चाहन्छन् उवामेयाङ

२०७८ फागुन  १० गते १४:०३ २०७८ फागुन १० गते १४:०३
डेम्बेले बार्सिलोनामै रहेको हेर्न चाहन्छन् उवामेयाङ

१० फागुन, एजेन्सी । आर्सनलबाट फ्री ट्रान्सफरमार्फत जनवरीमा बार्सिलोना पुगेका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङले टिमका साथी ओस्मान डेम्बेलेलाई बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न अनुरोध गरेका छन् ।

डेम्बेलेको सम्झौता यसै सिजनको अन्त्यदेखि सकिँदैछ । उनी क्लब छाड्ने मनसायमा रहेको बताइन्छ । तर, उवामेयाङले भनेका छन्, ‘जे पनि हुनसक्छ ।’

गावोनका स्ट्राइकर उवामेयाङले डेम्बेले एक असाधारण फुटबलर भएको दावी गरेका छन् । ‘साँच्चै उनी बार्सिलोनामा हुँदा म धेरै खुसी हुन्छु । यहाँ आउनेवित्तिकै मैले उनलाई भनेको थिएँ, तिमी यही रहनुपर्छ,’ उवामेयाङले मुण्डो डेपोर्टिभोसँग भने ।

‘उनीसँगको खेल सधैं विशेष रहने गर्छ । किनभने डर्टमण्डमा हामीले सानदार एक वर्ष बितायौं । उनी एक असाधारण खेलाडी हुन्,’ उवामेयाङले थपे, ‘मलाई थाहा छैन उनी बस्छन्/बस्दैनन् । तर, यत्ति भन्न सक्छु, जीवनमा सबैकुरा सम्भव छ ।’

डेम्बेलेका लागि कठिन वर्ष

चोटका कारण उनी यो वर्ष युरोमा फ्रान्सको टोलीमा परेनन् । बार्सिलोनामा थप स्वास्थ्य समस्याको सामना गर्नुपर्दा उनको करिअर अधिकांश समय बेञ्चमै सीमित हुन पुग्यो ।

मैदानबाहिर पनि सम्झौता नवीकरणबारे क्लबसँगको विवादले पनि उनलाई थप तनाव दिएको छ । बार्सिलोनाले सुझावका रुपमा के प्रष्ट पारेको छ भने, यदि उनले तत्कालै आफ्नो सम्झौता नवीकरण गर्दैनन् भने उनलाई अहिलेदेखि नै कुनै खेलमा समावेश गरिने छैन ।

उनी जनवरी ट्रान्सफर विण्डोमा क्लब छाड्न असफल रहे । सम्भवतः उनले सिजनको बाँकी अवधि बार्सिलोनाको बेञ्चमै बिताउनुपर्नेछ ।

यद्यपि, प्रशिक्षक जाभीले अघिल्लो साता उनलाई टिममा राख्ने निर्णय गरेका थिए । डेम्बेलेले भ्यालेन्सियासँगको खेलमा धेरै समयपछि सुरुआती ११ मा प्रवेश पाएका थिए । उनले ४–१ को जितमा एक गोलका लागि असिस्टसमेत गरे । सो खेलमा उवामेयाङले ह्याट्रिक गरेका थिए ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय