+

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

२०७८ फागुन  २७ गते १८:३२ २०७८ फागुन २७ गते १८:३२
आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

२७ फागुन, विराटनगर । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल फर्कायो ।

खेलको २७ औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गर्दै अग्रता दिलाएका एि । सतदोबाटोका लागि दिपकराजसिंह ठकुरीले गोल गरे ।

पहिलो हाफ १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा आर्मीले ३ गोल गर्‍यो । खेलको ६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए । ८० औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे ।

८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–१ ले बिजयी भयो । शनिबार दोस्रो फाइनल खेल आयोजक झापा–११ र संकटा क्लबबीच हुनेछ ।

झापा गोल्डकप सातदोबाटो युथ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय