+

त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

२०७८ चैत  १५ गते १६:२४ २०७८ चैत १५ गते १६:२४
त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

१५ चैत, काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ ।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

मलेसियाको लागि विरनदिप सिंहले अविजित ५९ रनको फराकिलो पारी खेले । कप्तान अहमद फेजले ३७ बलमा ५६ रन बनाएका हुन् । सैद अजिजले ४७ रन बनाएका हुन् । बलिङतर्फ पीएनजीका लागि नर्मन भनुअले २ विकेट लिएका हुन् । नोसैना पोकनाले १ विकेट लिएका थिए ।

पीएनजीका लागि टेनी उराले सर्वाधिक ५६ रन बनाएका थिए । त्यस्तै नर्मन भनुअले ४५ रन जोडेका हुन् । मलेसियाका लागि सर्विन मुआन्दीले सर्वाधिक ४, मोहम्मद वाफिक र पवनदीप सिंहले ३/३ विकेट लिए ।

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।

क्रिकेट त्रिकोणात्मक टी २० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय