+

नेपाल टी-२० लिगको नयाँ खेलतालिका सार्वजनिक, नाईट्स र एभेन्जर्सबीच पहिलो खेल

२०७९ मंसिर  २३ गते १९:२९ २०७९ मंसिर २३ गते १९:२९
नेपाल टी-२० लिगको नयाँ खेलतालिका सार्वजनिक, नाईट्स र एभेन्जर्सबीच पहिलो खेल

२३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार पहिलो खेल काठमाडौं नाइट्स र , पोखरा एभेन्जर्सबीच हुने छ । काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले आवद्ध गरेको काठमाडौं नाइट्सले पहिलो खेल खेल्न लागेको हो । ८ पुसमा सुरु हुने र ३४ खेल हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ ।

६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन् ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय