+

चन्द्रागिरि र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा 

२०८१ जेठ  ३ गते २०:३२ २०८१ जेठ ३ गते २०:३२
चन्द्रागिरि र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा 

३ जेठ, ललितपुर । चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

चन्द्रागिरि, महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

ललितपुरको च्यासल खेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।

चन्द्रागिरिले खेलको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो ।

सो खेलको म्यान अफ दि म्याच चन्द्रागिरिका सिल्भा कन्दाग्वा भए । उनलाई गोदावरी नगरपालिकाको तर्फबाट ५ हजार नगद र ट्रफी महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गरिन् ।

खेलमा उदयमान खेलाडीको ट्रफी महालक्ष्मीका निशान बस्नेतले पाए । उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको वेलकम पार्टी प्यालेसका संचालक सुवास पुडासैनीले संयुक्त रुपमा ट्रफी प्रदान गरे ।

यसैगरी अर्को सेमिफाइनल खेलमा मध्यपुर थिमी नगरपालिकालाई १–० ले नै हराएर काठमाडौं महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

महानगरका लागि मनीष सेढाईले गरेको एक मात्र गोल निर्णायक भयो । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका हुन् ।

खेलमा म्यान अफ दि म्याच काठमाडौंका अनिल खड्का भए । उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफी र ५ हजार नगदको चेक हस्तान्तरण गरे ।

खेलमा मध्यपुरका अमर श्रेष्ठ उदयमान खेलाडी घोषित भए । उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले ट्रफी प्रदान गरे ।

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुवै सेमिफाइनलका खेल च्यासलमा खेलाइएको थियो ।

फाइनल खेल भने झ्यालुन्टार मैदानमै खेलाइने छ । फाइनल खेल शनिबार दिउँसो हुनेछ ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

गोदावरी मेयर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय