+

अरहन्त,  अमिर,  विपना र स्वस्थानी राष्ट्रिय र्‍याङकिङ स्क्वासको फाइनलमा

२०८१ जेठ  ३ गते १९:५१ २०८१ जेठ ३ गते १९:५१
अरहन्त,  अमिर,  विपना र स्वस्थानी राष्ट्रिय र्‍याङकिङ स्क्वासको फाइनलमा

३ जेठ, काठमाडौं । अरहान्तकेशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलमा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ उपाधि भिडन्तमा पुगे ।

सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनलमा विपनाले चिरपरिचित प्रतिद्वन्द्वी कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५ र ११–६ ले हराइन् ।

अर्को सेमिफाइनलमा लिग चरणमा शीर्ष स्थानमा रहेर नकआउटमा पुगेकी स्वास्थानीले अस्मिता नगरकाटीको चुनौती सजिलै ११–७, ११–२ र ११–२ ले समाप्त पारिन् ।

यसअघि, पुरुष एकल सेमिफाइनलमा अरहान्तले पाासाङ ब्लोनलाई सिधा सेटमा ११–६, ११–६ र ११–५ तथा अमिरले दीपक थापालाई चार सेटमा १४–१२, ४–११, ११–९ र ११–९ ले पराजित गरे । हरेक वर्ष वरीयता छुट्याउन भइरहको यो प्रतियोगिताको समापन शुक्रबार हुनेछ । यस प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ सालको चैत महिनासम्म रहने छ ।

स्क्वास प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय