+

बागमती सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही १ लाख दिने

२०७९ चैत  ३ गते १२:३७ २०७९ चैत ३ गते १२:३७
बागमती सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही १ लाख दिने

३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप जनही १/१ लाख रुपैयाँ रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

उत्कृष्ट खेल प्रस्तुत गर्दै क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएकाले प्रदेश सरकारले सम्मान स्वरुप खेलाडीलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।

बिहीबार आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

नेपाली क्रिकेट टोली बागमती सरकार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय