+

एरिका, पलेशा र लामा सम्मानित

२०८१ वैशाख  २६ गते ६:३२ २०८१ वैशाख २६ गते ६:३२
एरिका, पलेशा र लामा सम्मानित

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोबर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

उनीहरुलाई जनही १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो । उनीहरुलाई पूर्व मन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

एरिकाले १९ औं एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका  थिए । पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए ।

एरिका गुरुङ कविराज नेगी पलेशा गोवर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय