+

एभर्टनमाथि म्यानचेष्टर सिटीको सहज जित

२०८० वैशाख  ३१ गते २१:४० २०८० वैशाख ३१ गते २१:४०
एभर्टनमाथि म्यानचेष्टर सिटीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एभर्टनमाथि सहज जित हात पारेको छ ।

आइतबार भएको खेलमा सिटीले रेलिगेसन जोनबाट बञ्च संघर्षरत एभर्टनमाथि ३–० को जित निकालेको हो । यससँगै अब उसलाई उपाधिका लागि दुई जित चाहिएको छ र चेल्सी, ब्राइटन र ब्रेन्टफोर्डविरुद्ध खेल्न बाँकी छ ।

इभर्टनको घरेलु मैदानमा भएको खेलमा सिटीले ३७औं मिनेटमा गुन्डोगानको गोलबाट अग्रता लियो । त्यसको दुई मिनेटमै हल्याण्डले गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा ५१औं मिनेटमा गुन्डोगानको दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितसँगै सिटीको ३५ खेलबाट ८५ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८१ अंक छ । ३६ खेलबाट ३२ अंक मात्र जोडेको एभर्टन भने १७औं स्थानमा छ ।

 

एभर्टन म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय