+

खेल हारे पनि कविता कुँवर प्लेअर अफ द म्याच

२०८० जेठ  ३० गते १३:०८ २०८० जेठ ३० गते १३:०८
खेल हारे पनि कविता कुँवर प्लेअर अफ द म्याच

३० जेठ, काठमाडौं । महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल मंगलबार पाकिस्तान ए सँग पराजित भए पनि कविता कुँवर प्लेअर अफ दि म्याच बनेकी छिन् ।

हङकङमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमसँग ९ रनले पराजित भयो ।

खेलमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ गरेकी कविताले अलराउण्ड प्रदर्शन गरेकी थिइन् ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तान ए लाई ८७ रनमा अलआउट गर्न कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

त्यसपछि सीता राना मगरलसँग कविताले ओपनिङ गरिन् । ओपनिङ जोडी सीता र वान डाउनमा आएकी विन्दु रावलको विकेट गएको हेरेकी कविताले १२औं ओभरमा आउट हुनुअघि ३२ बलमा २ चौका प्रहार गरी २० रन बनाइन् ।

उनी नेपालका लागि धेरै रन बनाउने खेलाडी रहिन् ।

८८ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सकेपछि ९ रनले पराजित भएको हो ।

नेपालले अब समूह ए मा आफ्नो दोस्रो खेल भारत ए टिमसँग आउने बिहीबार खेल्नेछ ।

इमर्जिङ टिम्स कप कविता कुँवर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय