+
+

पाकिस्तानको गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध छ : राजदूत अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १६:२०

२८ असार, काठमाडौं ।  पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानको गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकोले यसले नेपाल र पाकिस्तानको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय गान्धारा सिम्पोजियममा सहभागी हुन इस्लामाबाद पुगेका लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा बिहीबार इस्लामाबादमा आयोजित कार्यक्रममा राजदूतले यस्तो बताएका हुन् ।

‘पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकोले यसले नेपाल-पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छु,’ राजदूत अधिकारीले भने ।

उक्त कार्यक्रममा इस्लामाबादमा रहेका नेपाली समुदाय, बौद्ध धर्मदर्शनमा चाख राख्ने पाकिस्तानी र अन्य मुलुकका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुरूमा नेपालबाट पुगेका गुरूहरूलाई  स्वागत गर्दै पाकिस्तानका लागि नेपाली राजदूत अधिकारीले बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत मान्यताहरू मानव जीवनउपयोगी भएकोले बौद्ध धर्मदर्शनको समसामयिकता र सर्वस्वीकार्यता रहेको विषयमा प्रकाश पारेका थिए ।

बुद्धको जन्मभूमि लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका हजारौं बर्ष पुराना बौद्ध महाबिहार, बिहार, बहि, चैत्य एवं गुम्बाहरू आदि भएको कारणले नेपाल बौद्ध धर्मदर्शन, अध्यात्मको केन्द्रका रूपमा रहेको उनको भनाइ थियो ।

उनले बौद्ध धर्मावलम्बी एवं शान्तिमा विश्वास राख्ने अन्य समुदायको लागि पनि प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा नेपाल रहेको बताए ।

साथै, बौद्ध दर्शनका थेरवादा, महायाना एवं बज्रयाना गरी तीनै प्रमुख धारको तीर्थस्थल समेत नेपाल रहेको कारण हिमाली दर्शनको अध्येताहरूका लागि पनि नेपाल केन्द्रको रूपमा रहेको उनको भनाइ थियो ।

प्राचिन उदियाना एवं हाल पाकिस्तानको स्वात उपत्यकामा जन्मिएका गुरू पद्मसम्भव वा गुरू रिम्पोचेले नेपालका विभिन्न स्थानमा ध्यानतपस्या गरेका स्थानहरू अझैपनि नेपालमा आध्यात्मिक केन्द्रका रूपमा रहेका छन् ।

बौद्ध साहित्यमा तक्षशीला एवं गान्धाराको ठूलो महत्व रहेको हुनाले यसको थप संरक्षण र प्रबर्द्धन भएमा उक्त क्षेत्र नेपाललगायत अन्य मुलुकका बौद्ध धर्मावलम्बी एवं यसमा चाख राख्नेहरूका लागि प्रमुख गन्तव्य बन्न सक्नउनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?