+

नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

२०८० भदौ  १४ गते ९:०४ २०८० भदौ १४ गते ९:०४
नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनायो ।

नेपालको लागि सीता रानामगरले ५४ बलमा एक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् । सुरुआती तीन बलमै तीन विकेट गुमाउँदै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।

सीताले चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तल्लो क्रममा ब्याटिङ गरेकी थिइन् ।

हङकङसँग फाइनलमा खेलमा भने सीतालाई ओपनिङ पठाएको थियो । तर खेल वर्षाले प्रभावित भएको थियो । घरेलु क्रिकेट र नेपाली क्रिकेटकी सर्वाधिक सफल ब्याटर सीता ओपनिङमा फर्किदा जिम्मेवारी रुपमा इनिङ सम्हाल्लेकी थिइन् ।

छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।

पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् ।

तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पूजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा २ चौकासहित १२ रनमा आउट भइन् ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय