+

तस्वीरमा हेर्नुहोस् हङकङमाथि नेपालको जित

२०८० कात्तिक  २ गते १९:४७ २०८० कात्तिक २ गते १९:४७
तस्वीरमा हेर्नुहोस् हङकङमाथि नेपालको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको सानदार जित निकालेको छ ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।  कप्तान रोहिन पौडेलले नटआउट २५ तथा गुल्सन झाले नटआउट १४ जोडे ।

कुशल भुर्तेलले ८ रन जोडे । सन्दीप जोरा ३ र कुशल मल्ल १ रनमा आउट भए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

हङकङलाई खेल सकिन ३ बलअघि नै अल आउट गर्ने क्रममा करण केसीले ४ विकेट लिए ।

              

त्रिकोणात्क टी-२० श्रृंखला नेपाल भर्सेस हङकङ
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय