+

महिला क्रिकेटमा मधेशको दोस्रो जित, लुम्बिनीको चौथो हार

२०८० पुष  १२ गते १३:१८ २०८० पुष १२ गते १३:१८
महिला क्रिकेटमा मधेशको दोस्रो जित, लुम्बिनीको चौथो हार

१२ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ ।

त्यस क्रममा उसले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा यो लुम्बिनीको चौथो हार हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

मधेशका लागि ओपनर ब्याटर पुजा महतोले सर्वाधिक ६० रन बनाइन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरी १२ रनमा अविजित रहिन् ।

लुम्बिनीका लागि सरस्वती पुन र कमला जीएमले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर ब्याटर लक्ष्मी चौधरीले ६४ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन् । सरस्वती जीएमले १० रन बनाइन् भने अन्य कुनैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशका लागि साक्षी यादवले सर्वाधिक २ विकेट लिएइन् । पुजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिए ।

यो नतिजापछि मधेस र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेश छैटौं स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय संभावना कायम छ ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय