+

राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समिकरण पूरा

२०८१ वैशाख  १६ गते २२:१५ २०८१ वैशाख १६ गते २२:१५
राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समिकरण पूरा

१६ बैशाख, धुलिखेल ।  छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश, विभागीय टोली आर्मी क्लब र सुदूरपश्चिमले जित निकालेका छन् ।

समूह ए अन्तगर्त भएको खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोल अन्तरले हरायो । आर्मीका लागि सरस्वती तामाङले चार गोल गरिन् । त्यस्तै सिमा खड्काले दुई तथा डम्मरा भट्ट र सुनिता नेगिले एक–एक गोल गरिन् । लगातार दुई खेल जित्दै आर्मी समूह एको विजेताको रुपमा सेमिफाइनल पुगेको छ । पहिलो खेलमा आर्मीले गण्डकीलाई हराएको थियो ।

आइतबार गण्डकी प्रदेशले बागमती प्रदेशले प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्दै समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो । गण्डकीको जितमा ज्योती काफ्लेले ह्याट्रिक गरिन् । उनले खेलको ४५औं, ५३औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै सीता माया पुनले दुई तथा गीता पुन मगरले एक गोल गरिन् ।

यस्तै आइतबारै भएको समूह बी को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्त्तरले हराएको हो । सुदूरपश्चिमका लागि सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले दुई-दुई गोल गरिन । त्यस्तै पुर्निमा उरा एक गोल गरिन ।

त्यसअघि आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ गोलको बराबरी खेलेका थिए ।

एक जित र एक बराबरीसहित ४ अंक जोडेको सुदूरपश्चिम समूह बी को विजेताको रुपमा सेमिफाइनल पुगेको छ ।

यस्तै लगातार दुई बराबरी खेलेको मधेश पनि समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

सुदूरपश्चिमका लागि खेलको १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन । खेलको ३४औं मिनेटमा मधेशकी भुमिका कुमारीले बराबरी गोल गरेकी थिइन् ।

एक बराबरी र एक हारको नतिजा निकालेको लुम्बिनी प्रदेश भने समूह चरणबाटै बाहिरियो ।

प्रतियोगिता अन्तर्गत भोलि सोमबार दुवै सेमिफाइनल खेल हुनेछ ।

जहाँ समूह ए को विजेता आर्मीले समूह बी को उपविजेता मधेशसँग तथा समूह बी को विजेता सुदूरपश्चिमले समूह ए को उपविजेता गण्डकी प्रदेशसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेल खेलाइएको थियो ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन् ।

साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय