+

विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी

२०८१ वैशाख  ३० गते २२:१५ २०८१ वैशाख ३० गते २२:१५
विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी

३० बैशाख, काठमाडौं । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रबद्र्धन गर्ने लक्ष्य सहित ईशानले विद्यालय खेलकुद महासंघसँग आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

ईशानका अध्यक्ष अन्जन धमला र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) समेत साझेदार रहनेछ । आईएसएफको प्रतिनिधिको रुपमा राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार विद्यालय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने र विद्यालय खेलकुदको अभियानमा ई स्पोर्ट्स साझेदार संस्थाको रुपमा रहने सहमती छ । सम्झौता अनुसार विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ ।

आईएसएफका केन्द्रिय सदस्य समेत रहेका राजकुमार कार्की विद्यालय खेलकुद र ई स्पोर्ट्स खेलको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने बताए । उनले नयाँ खेल स्पर्धाको रुपमा विकास भैरहेको ई स्पोर्ट्सलाई विद्यालयसम्म लैजाने उद्धेश्यले सम्झौता गरिएको बताए ।

ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष अन्जन धमलाले खेलकुदको मेरुदण्डकै विद्यालय खेलकुद रहेको बताउँदै नेपालको ई स्पोर्ट्स खेलको विकासमा सम्झौताले महत्वपुर्ण योगदान गर्ने उल्लेख गरे । उनले विद्यालयमानै ई स्पोर्ट्सप्रति आकर्षण रहेकाले पछिल्लो सम्झौताले दुरगामी प्रभाव पार्ने बताए ।

विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले खेलकुदबाट मात्र नेपालले अन्तराष्ट्रिय रुपमा जित्न सक्ने उल्लेख गर्दै परिणाम निकाल्ने गरि दुवै संस्थाले काम गर्नुपर्ने बताए ।

ई स्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय