+

वैशाख २० गतेदेखि किप फिट सर्किट

२०८१ वैशाख  १९ गते ७:२१ २०८१ वैशाख १९ गते ७:२१
वैशाख २० गतेदेखि किप फिट सर्किट

१८ वैशाख, काठमाडौं । एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनमा किप फिट सर्किट २०२४ हुने भएको छ ।

फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्किट वैशाख २० देखि असोज ११ सम्म (मे २ देखि सेप्टेम्बर २७ सम्म) आयोजना हुने जानकारी गराएको हो ।

फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले रनिङ आवश्यकता रहेकोले सबैलाई दौडका लागि प्रेरित गर्ने प्रयास रहेको बताए ।

इन–ड्राइभको सहयोगमा हुने यस कार्यक्रममा ४ सय ५० जनाको सहभागिता हुने विश्वास छ । निःशुल्क आयोजना हुने यस कार्यक्रम स्थानमा आयोजना हुनेछ र तिनलाई प्रशिक्षण दिइनेछ ।

प्रशिक्षण काठमाडौंको दशरथ रंगशाला, स्वयम्भू, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा, बुटवल र पोखरामा हुनेछ ।

कार्यक्रममा विमला रानामगर, रमेश सुनुवार, राजमान महर्जन, आशाराम गोथे, धर्म महर्जन, राजाराम पोखरेलर, रामु पाण्डे र सिद्धान्त अधिकारीले प्रशिक्षकको भूमिका निभाउने छन् ।

कुल ४० लाख रुपैयाँ बजेट रहेको आयोजकले जनाएको छ ।

यस रनिङ ट्रेनिङमा भाग लिएका धावकहरुलाइ टिर्सटको पनि व्यवसथापन रहेको छ । साथै दर्ता शुल्क पनि यहि प्रोजेक्टबाट ४५० जनालाइ निशुल्क दिने जानकारी रहेको छ ।

रनिङ प्रशिक्षणको मूल मर्म नै कुनै पनि उमेरका व्यक्ति विशेषलाई रनिङका लागि प्रेरित गर्ने र स्वस्थ्य समाजको निर्माण गर्ने रहेको छ । यस कार्यक्रमपछि सम्भावित धावक धाविका निर्माण हुने विश्वास गरिएको छ ।

 

किप फिट सर्किट २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय