+

आर्सनलको सहज जित

२०८१ वैशाख  २२ गते १९:४५ २०८१ वैशाख २२ गते १९:४५
आर्सनलको सहज जित

२२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले बर्नमाउथलाई सहजै हराएको छ । यससँगै उसले कम्तीमा केही घण्टाका लागि दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसँग ४ अंकको अग्रता बनाएको छ ।

आर्सनलले शनिबार घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा बर्नमाउथलाई ३–० ले हराएको हो । भ्रमणकारी टोलीमाथि हावी भएको आर्सनलले पहिलो हाफको अन्तिममा वुकायो साकाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

बर्नमाउथका गोलकिपर मार्क ट्रावर्सले काई हावर्टसलाई लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो, त्यसमा साकाले कुनै गल्ती गरेनन् । खेलको ७० औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले अग्रता दोब्बर बनाए भने खेलको अन्तिम समयमा डेक्लन राइसले गोल गर्दै ३–० को जित सुनिश्चित गरे ।

दोस्रो हाफमा बर्नमाउथले आर्सनललाई निकै चुनौती दिएको थियो, गोल भने गर्न सकेन ।

जितसँगै आर्सनल ३६ खेलबाट ८३ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको ७९ अंक छ र उसले दुई खेल बढी खेल्न बाँकी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय