+

रियल मड्रिडले जित्यो ला लिगा उपाधि

२०८१ वैशाख  २३ गते ६:५७ २०८१ वैशाख २३ गते ६:५७
रियल मड्रिडले जित्यो ला लिगा उपाधि

२३ वैशाख, काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ ।

ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।

३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्कालाई १-० ले पराजित गरेको छ ।

रियल मड्रिड ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय