+

खेलकुद मन्त्रालयको बजेटले बाघचालमात्रै खेलाउन पुग्छ : मन्त्री श्रेष्ठ

२०८१ वैशाख  २७ गते १९:०९ २०८१ वैशाख २७ गते १९:०९
खेलकुद मन्त्रालयको बजेटले बाघचालमात्रै खेलाउन पुग्छ : मन्त्री श्रेष्ठ

२७ वैशाख, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि पर्याप्त बजेट नरहेको गुनासो गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

‘अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुडो र चेस नै हो । यीलगायत बाघचालका खेलहरू मात्रै हुन्’ मन्त्री श्रेष्ठले भने ।

बजेट माग्न भने स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघीय जनप्रतिनिधिहरू आउने गरेको बताए । खेलकुदको पूर्वाधारमा काम गर्नसमेत बजेटको अभाव रहेको उनले बताए ।

नीतिगत रूपमा नै सुधार गरेर जानेतर्फ मन्त्रालय अग्रसर रहेको पनि उनले बताएका छन् ।

विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय