+

फ्रेन्च स्ट्राइकर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

२०८१ जेठ  ११ गते २०:१८ २०८१ जेठ ११ गते २०:१८
फ्रेन्च स्ट्राइकर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

११ जेठ, काठमाडौं । एसी मिलानका फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले युरोपियन च्याम्पियनसिप २०२४ आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका हुन् ।

जिरुडले फ्रान्सका लागि १३१ खेल खेल्दै ५७ गोल गरेका छन् । उनी फ्रान्सका उच्च गोलकर्ताको सूचीमा छन् ।

२०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी टिमको सदस्य थिए । जिरुडले कतार विश्वकप २०२२ मा ४ गोल गरेका थिए । २०२२ को विश्वकपमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

२०२४ युरो पश्चात भने जिरुड अमेरिकी शीर्ष डिभिजन लिग क्लब लस एन्जल्स एफसीमा जान सहमत भएका छन् । ३७ वर्षीय जिरुडले क्लबसँग १८ महिनाको लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ओलिभर जिरुड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय