+

अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स कम्पनीको साथ

२०८१ जेठ  १२ गते १५:५४ २०८१ जेठ १२ गते १५:५४
अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स कम्पनीको साथ

१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ ।

शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता तीन बर्षको हुनेछ ।

कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोशाक उपलब्ध गराउने छ । आर्थिक विषय भने दुबै तर्फबाट गोप्य राखिएको छ ।

सीईओ कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलो पटक फुटबलमा सहकार्य गरेका छौं । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो’, कार्कीले भने ।

कम्पनीले नेपालमा फुटसल, बास्केटबलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस प्वाइन्ट कप आयोजना गरिरहेको छ ।

सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करिअर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्‍याउनेछ ।’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका थिए । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उनले कीर्तिमान बराबर गरेका हुन् ।

अञ्जन विष्ट फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय