+

बायर्नको प्रशिक्षक बन्न सहमत भए कोम्पनी

२०८१ जेठ  १२ गते १९:३७ २०८१ जेठ १२ गते १९:३७
बायर्नको प्रशिक्षक बन्न सहमत भए कोम्पनी

१२ जेठ, काठमाडौं । भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

बीबीसीका अनुसार यसअनुसार सम्झौता भएमा कोम्पनी सन् २०२७ सम्म बायर्नको प्रशिक्षक रहनेछन् भने बायर्नले बर्नलीलाई १०.२ मिलियन पाउण्ड क्षतिपूर्ति तिर्नेछ ।

थोमस टुचेललाई निरन्तरता नदिने निर्णयमा पुगेको बायर्नले जाभी अलोन्सोलाई ल्याउन चाहेको थियो । बायर्न  लेभरकुसनलाई बुन्डेसलिगा जिताएका उनले क्लब छाड्न चाहेनन् । जर्मन राष्ट्रिय टिमका प्रशिक्षक जुलियन नागेल्समन, अष्ट्रियाका प्रशिक्षक राल्फ राङनिकले पनि बायर्नको प्रस्ताव स्वीकार गरेनन् ।

एकपछि अर्को प्रशिक्षकले क्लबमा आउन नचाहेपछि बायर्न म्युनिखले टुचेललाई नै निरन्तरता दिन वार्ता गरेको थियो, तर सहमति हुन सकेन ।

जर्मनी भाषा बोल्ने प्रशिक्षकको खोजीका क्रममा बायर्नले कोम्पनीलाई छनोट गर्‍यो, जसले खेलाडी जीवनमा २ वर्ष हमबर्गबाट खेलेका थिए । ३८ वर्षीय कोम्पनीले एन्डरलेक्ट र बर्नलीमा रहँदा प्रशिक्षकका रुपमा राम्रो छवि बनाएका छन् ।

म्यानचेष्टर सिटीमा रहँदा खेलाडीका रुपमा चार पटक प्रिमियर लिग जितेका उनी २०२० मा बेल्जियमको क्लब एन्डरलेक्टमा खेलाडी–प्रशिक्षक बनेका थिए । बर्नलीलाई च्याम्पियनसिपको उपाधि दिलाएका उनले यो सिजन प्रिमियर लिग खेले । तर क्लबलाई रेलिगेसनबाट भने जोगाउन सकेनन् ।

बायर्न म्युनिख भिन्सेन्ट कोम्पनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय